उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा देवीबहादुर सुवेदी ‘सानु’ निर्वाचित हुनुभएको छ। सोमबार सम्पन्न चुनावी साधारणसभाबाट सुवेदी अध्यक्षमा निर्वाचित हुनुभएको हो।

अध्यक्ष पदका प्रत्यासी सुवेदीले ९ सय ६१ मतमध्ये ६ सय २६ मत प्राप्त गर्दै धर्मराज शाक्यलाई पराजित गर्नुभयो। शाक्यले ३ सय १६ मत प्राप्त गर्नुभयो भने १९ मत बदर भएको थियो। सुवेदी र शाक्यबीच ३ सय १० मतको अन्तर रहेको छ।

यस्तै, संस्थाको उपाध्यक्षमा लोकेन्द्र कार्की निर्वाचित हुनुभएको छ। कार्कीले ४ सय ८३ मत प्राप्त गर्दा उहाँकी प्रतिस्पर्धी इन्दु भट्टराई कार्कीले ४ सय ६२ मत प्राप्त गर्नुभयो। उपाध्यक्ष पदमा १६ मत बदर भएको जनाइएको छ।

अध्यक्ष र उपाध्यक्ष दुवै पदमा भएको प्रतिस्पर्धापछि नयाँ नेतृत्व चयन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय