काठमाडौं ,नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिप हप गायक यम बुद्धको सालिक बनाउने काठमाडौं महानगरको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

उपाध्यक्ष पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको भन्दै महानगरको निर्णयलाई आत्मासाथ गर्नुपर्ने बताए । बिहीबार सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् -‘संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्ध (अनिल अधिकारी) को प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!