उर्लाबारी । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशबासीले स्वास्थ्य सेवाको अनुभूति गर्ने गरी सरकारले काम अघि बढाइरहेको बताउनुभयो ।
उर्लाबारी—३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपिडि भवन, अक्सिजन प्लान्ट, अक्सिजन पाइपलाइन र क्रिटिकल केयरको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री यादवले स्वास्थ्य सेवालाई सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ । उहाँले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकास र विस्तारमा प्रदेश सरकारले जोड दिइरहेको बताउनुभयो । उहाँले आफुलाई कालो झण्डा देखाउनेलाई धन्यवाद दिनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद बास्तोला, लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी पोख्रेल निरौला, मिक्लाजुङका उपाध्यक्ष दिनेश पौडेल, मदन भण्डारी प्रतिष्ठानका अध्यक्ष एबं एमाले नेता गुरुप्रसाद बराल, एमाले उर्लाबारी नगरअध्यक्ष गंगाप्रसाद बास्तोला, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल, नेपाली कांग्रेसका नगर सचिब राजन रायमाझी, जसपा नगरअध्यक्ष मात्रिका धिमाललगायतले बोल्नुभएको थियो । स्वागत मन्तब्य मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सञ्चालक समितिकी सदस्य शिला भट्टराईले राख्नुभएको थियो भने सञ्चालन भीष्मा रेग्मी भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय