काठमाडौं, सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आइतवारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ । आइतवार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतवार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेकोे छ । आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय