काठमाडौं, पछिल्लो चौबिस घण्टामा देशभर ८ सय ८८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वास्थ्य परिक्षण हुँदा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा ४ सय ७४ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । सोही समयमा एक जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय