झापा, अवैध काठसहित तीनवटा मोटरसाइकललाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । वनजंगलबाट काठ तस्करी गरी मोटरसाइकल हालेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो ।

आइतबार राति ११ बजे दमक नगरपालिका-३ स्थित बेलडाँगीमा २६ क्युफिट काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सिसौ जातको तीन थान गोलिया काठ बोक्ने प्र १-०१-०१५ प ६४१, को ३१ प ८२२२ र मे ९ प ९८४९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरी देख्न साथ काठ तस्करहरू काठ र मोटरसाइकल छाडेर भोगेका थिए । बरामद गरिएको काठ र मोटरसाइकल सोमबार इलाका वन कार्यालय बेलडाँगी दमक बुझाइसकेको र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!