उर्लाबारी । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमकले शेयर सदस्यहरुको सर्वोत्तम हितमा रहेर काम गर्दै आएको छ ।
बनौं स्वर्णलक्ष्मी साकोसमा सदस्य बनाऔं समुन्नत भविष्य भन्ने मुल नाराको साथ स्वर्णलक्ष्मी साकोस अघि बढिरहेको हो । स्वर्णलक्ष्मी साकोसको झापाको झिलझिले, सुरुङ्गा, गौरादह र मोरङको उर्लाबारीमा सेवा केन्द्र रहेको छ । आज उर्लाबारी सेवा केन्द्र इकाईगत १३ औं साधारणसभा गरिएको छ । उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा उर्लाबारी नगरपालिका वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रवी न्यौपाने खत्रीको सभापतित्वमा इकाईगत साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष रवि न्यौपाने खत्रीले आर्थिक वर्ष २०७८।०७९ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले गत आर्थिक वर्षमा भए गरेका प्रगति र आर्थिक विवरणबारे जानकारी गराउनुभयो । शेयर पुँजी ११ करोड ९४ लाख ८४ हजार २ सय रहेको स्वर्णलक्ष्मी साकोसको गत आर्थिक वर्षमा १६ करोड ८५ लाख ७९ हजार ९०८ रुपैयाँ आम्दानी र १४ करोड १८ लाख १८ हजार ११७ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शिवप्रसाद अधिकारीले प्रस्तुत गर्नुभयो । संस्थाले शेयर सदस्यहरुलाई बढीभन्दा बढी फाइदा पुग्ने गरिका विभिन्न योजना अघि सारेको व्यवस्थापक कमलकुमार घिमिरलेले बताउनुभयो । सो कार्यक्रममा वडाध्यक्ष उर्मिला थापा, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीलगायतले शुभकामना दिनुभयो । इकाइगत रुपमा आएका सुझावलाई संकलन गरी भदौ १८ गते हुने पूर्ण साधारणसभामा छलफल गरी पारित गरिने ब्यवस्थापक घिमिरेले जानकारी दिनुभयो । सहकारीको नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ । सहकारीले जेष्ठ सदस्य सम्मान, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचत, सञ्चारकर्मीलगायत कार्यक्रम पनि गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय