पोखरा । गण्डकी प्रदेशमा मंगलबार विहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ जना पोखरा महानगरपालिकाका छन् ।

पोखरामा १ पत्रकार, २ सुरक्षाकर्मी र १ जना दुबईबाट फर्किएका व्यक्तिसहित ११ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

मंगलबार नै तनहुँको भानु नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८ पुगेको छ । १ हजार ६ सय ३९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय