उर्लाबारी । मादक पदार्थ सेवन गरेर झैझगडा गरेको आरोपमा पक्राउ परेका कलाकार पवन खतिवडा (म्याकुरी) सहित २ जनालाई प्रहरीले मिलापत्रपछि छोडेको छ ।
बेलबारी नगरपालिका–५ स्थित चिम्नी होटलमा मंगलबार राति साढे १२ बजेतिर मादक पदार्थ सेवन गरेर खतिवडासँगै लोकेन्द्र भण्डारीले बेलबारीका एक जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो । कलाकार खतिवडा र भण्डारीले बेलबारी–५ का जीवन काकीृलाई कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । पक्राउ गरेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको थियो । पीडितले पक्राउ परेका विरुद्ध उजुरी नदिई दिनभरी इप्रकामा बसेर छलफल गरी दुवै पक्ष सहमति गरेको प्रहरीले जनाएको छ । दुवै पक्षबिच सहमति भएपछि बुधवार साँझमा प्रहरी नियन्त्रणमा रहेका खतिवडा र भण्डारीलाई छाडेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय