उर्लाबारी । उर्लाबारीबाट दुर्गापुरी घर फर्किने क्रममा माघ २९ गते दुर्घटनामा परी गम्भिर घाइते भएका खगिन्द्र धिमाल (सम्भु) यतिबेला खर्च अभावले अस्पतालमै छट्पटाउँदै छन् । उर्लाबारी–इटहरा सडक खण्डको उर्लाबारी–८ को खाइबा चौकमा सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका धिमालको उपचारमा आर्थिक समस्या उत्पन्न भएको छ । जसोतसो परिवारसँग भएको रकम र विदेशविदेशबाट प्राप्त सहयोगबाट केही उपचार भइरहेको छ । तर, त्यो प्रायप्त छैन ।
धिमालको टाउकोमा समस्या देखिएको छ भने तीन वटा करङ भाँचिएकोले तत्काल अप्रेसन गर्नुपर्ने देखिएको छ ।
यसैक्रममा सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका खगिन्द्र धिमाल (सम्भु) को उपचारका लागि ३३ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । खाइवाचोकको घुम्तीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–९ दुर्गापुरीका धिमाल गम्भीर घाइते हुनुभएको थियो । आर्थिक अवस्था कमजोर भएका धिमालको उपचारमा समस्या भएपछि उर्लाबारी–७ स्थित फिटनेस ग्रुपले १० हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, उर्लाबारी–२ निवासी नेपाली कांग्रेसका नेता चिरञ्जीवि थापाले १० हजार, उर्लाबारी–८ का कञ्चन फम्वोहाङ लिम्बू तथा लक्ष्मण गुरुङले १० हजार, सोभा लिम्बू, विविका लिम्बू, रुपा धिमाल, उषा राई, हस्ता लिम्बूको समूहले ३ हजार सहयोग प्राप्त भएको छ । संकलित सो रकम आइतबार फिटनेस ग्रुप उर्लाबारी–७ की सञ्चालिका सरस्वती कार्की श्रेष्ठ, गीता थापा र नानु लिम्बूले घाइतेका बुवा जयपति धिमाललाई हस्तान्तरण गर्नुभयो । छोरा सम्भुको विराटनगरस्थित आर्या न्युरो हस्पिटलमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
धिमालको उपचारमा धेरै खर्च लाग्ने देखिएको छ । जसकारण धिमाल परिवारले सहयोगी हातलाई हारगुहार गरिरहेका छन् । फिटनेस ग्रुप उर्लाबारी–७ की सञ्चालिका सरस्वती कार्की श्रेष्ठ सबै सहयोगी मनहरुलाई घाइतेको उपचारमा सहयोग गर्न अपिल गर्नुभयो ।
ओम नारायण धिमाल नाम गरेको प्रभु बैंकको १७३०१७९६३११०००१४ खाता नम्बर र फोन नम्बर ९८१९०४८२७१ गरेर सहयोग गर्न सक्नुहुने परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय