विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाइ भइरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो ।

नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो । तर, सरकारीस्तरबाट अनुमति दिन ढिलाइ भइ आइतबार परीक्षणको अनुमति दिइएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै पीसीआर परीक्षण थालिएको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘हामीले पीसीआर मेसिन ल्याएर ल्याब बनाइ परीक्षणका लागि एक महिना अघि नै सम्पूर्ण तयारी गरेर अनुमति पर्खिरहेका थियौं ।’ डा.शर्माले भने–‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि पीसीआर परीक्षण सुरु गरेका हौंं ।’

कोरोना परीक्षणका लागि नोबेलले दुई वटा अत्याधुनिक अमेरीकन पीसीआर मेसिन ल्याएको छ । सुरक्षित तवरले परीक्षणका लागि नोबेलले बेग्लै ल्याब निर्माण गरेर पीसीआर परीक्षण थालेको हो । दुई वटा पीसीआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका बरिष्ठ ल्याब अधिकृत गणेश कुमार सिंहले बताए । उनका अनुसार ४ देखि ६ घण्टा भित्रै रिपोर्ट दिईनेछ । यता, नोबेलले पीसीआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ तोकेको छ । यो मूलुककै सबैभन्दा सस्तो पीसीआर परीक्षण शुल्क हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय