उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर फागोका सवारी चालक इन्द्र आँपागाईलाई संक्रमण देखिएपछि उहाँ केही दिनयता घरमै होम क्वारेन्टाईनमा बस्नु भएको थियो ।

उहाँसँगै नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक सुरेस खड्कालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उर्लाबारीमा कोरोना संक्रमणको जोखिम झनै बढेकाले सबैलाई सचेत रहन मेयर फागोले आग्रह गर्नुभएको छ । कोरोना संक्रमणलाई जितेर आफू चाँडै नै जनताको काममा फर्कने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय