उर्लाबारी । मोरङको उर्लाबारीमा आज २० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कार्तिक २ गते संकलन गरिएको ३० जनामध्ये २० जनाका कोरोना संक्रमण देखिएको हो । १९ जना नयाँ संक्रमित थपिएका छन् भने उर्लाबारी नगरपालिकाका मेयर खडरग फागोका सवारी चालक इनद्र आपागाईलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिएको छ । आपागाईको स्वास्थ्य अवस्था भने सामान्य छ । त्यस्तै, उर्लाबारी वडा नं. ३ मा २ जना, वडा नं. ४ मा १ जना, वडा नं. ५ मा १ जना, वडा नं. ६ मा ३ जना, वडा नं. ७ मा ८ जना, वडा नं. ८ मा १ जना र इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ । जसमा नेकपा प्रदेश सल्लाहकार सदस्य विद्या चाम्लिङ, जिल्ला सदस्य गंगा बास्तोलालगायतलाई कोरोना देखिएको छ । तीमध्ये एक जना नगर प्रहरीलाई समेत कोरोना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!