उर्लाबारी । पछिल्लो समय मोरङको उर्लाबारीमा लागु पदार्थ सेवन तथा कारोबार बढ्दै गएको छ । यसको सेवन तथा कारोबार बढ्दै जानु चिन्ताको विषय बनेको सरोकारवालाको बुझाई छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले गाँजा र ब्राउन सुगरसहित उर्लाबारीबाट ९ जनालाई पक्राउ गरेको छ । मंगलबार राति १० बजे उर्लाबारी नगरपालिका–७ बस्ने छोमाई तामाङको घरबाट ब्राउन सुगर र गाँजा बिक्री गर्न पुगेका र सेवन गरिरहेका ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक युवती पनि छिन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ स्कुल डाँडाकी २१ वर्षीया ममता तामाङ, उर्लाबारी–७ बरगाछीका २४ वर्षीय मिनल याक्सो, उर्लाबारी–९ भोटेपुलका २८ वर्षीय आकाश लिम्बू, १९ वर्षीय असिम लिम्बू पक्राउ परेका छन् ।
त्यस्तै झापा दमक नगरपालिका–७ बजारलाइन बस्ने १९ वर्षीय शीशा सेख, दमक–४ का ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई नगरपालिका–८ का २२ वर्षीय रुमपमान केदेम, रतुवामाई १० का १९ वर्षीय एन्जील मगर, रतुवामाई–९ का २५ वर्षीय मन्जील बस्नेत छन् । पक्राउ पर्नेहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ७२७ मिलिग्राम, १८४ ग्राम गाँजा बरामद भएको छ । प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको को ६प १८५६, प्र–१–०१–०१२ प ६३१३, को ३४ प २६७, बा ५३ प १४२४, मे २ प ५७७० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय उर्लाबारीमा लागुऔषधको कारोबार र सेवन अत्याधिक रुपमा बढेको जानकार स्रोत बताउँछ ।
मेडिकल हलबाट लागु औषध बिक्री
उर्लाबारी क्षेत्रमा सञ्चालित केही मेडिकलहरुले चिकित्सकको प्रेस्किप्सनको आधारमा मात्र बिक्री गर्न मिल्ने लागु औषध मानिएका औषधि दुव्र्यसनमा लाग्नेहरुले खुलेआम किन्ने गरेको पाइएको छ ।
दुव्र्यसनीहरुलाई मेडिकलहरुले महँगो रकम लिएर यस्ता औषधि बिक्री गर्ने गरेको पाइएको हो । विभिन्न रोगको उपचारमा प्रयोग हुने क्ल्योरफेनिरामिन डाइजापाम, लोहोराजेपाम, नाइट्रोसन, टिडिजेसिक, ओपीडोल, स्पास्पेन, एप्काडोलजस्ता औषधि र सिरिन्ज लागु औषधको रूपमा प्रयोग गर्नेहरु धेरै छन् । केही मेडिकलले बढी रकम लिएर मोटरसाकइलमार्फत ल्याइदिने गरेको एक युवाले नाम नबताउने सर्तमा बताए । लागु औषधको रुपमा प्रयोग हुने औषधि पु¥याउन जाने क्रममा मेडिकल सञ्चालक पटक पटक लुटिए पनि घटना सार्वजनिक भएको ती युवा बताउँछन् । मेडिकलहरुमा सहजै उपलब्ध हुने औषधिहरुको कम्पोजिन मिलाएर लागुऔषधको रुपमा प्रयोग गर्ने नेपाली युवा जमातहरु बढ्दो छ । यता प्रहरीले भने चिकित्सकको प्रेस्किप्सन बिना औषधि बेच्नेलाई कानून बमोजिम कार्वाही हुने बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय