उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्षमा नेपाली कांग्रेस समर्थक ब्यवसायीहरुको तर्फबाट तारामान सेरेङको नेतृत्वमा चुनाबी मैदानमा उत्रिने भएको छ ।
आज नेपाली कांग्रेस उर्लाबारी नगर समितिको बैठकले आम ब्यवसायीहरुको पक्षमा काम गर्न सक्ने संघका पूर्व बरिष्ठ उपाध्यक्ष सेरेङलाई सर्वसम्मत अध्यक्षको उम्मेद्वार बनाउने निर्णय भएको पार्टीका सचिब राजन रायमाझीले जानकारी दिनुभयो । गत निर्वाचनमा संघको अध्यक्ष पदमा पराजय भोगेर पनि आम ब्यवसायीहरुको हितमा सेरेङले काम गरेकाले यस पटक पुनः अध्यक्षको उम्मेद्वार बनाएको उहाँले बताउनुभयो । तमाम ब्यवसायीहरुको समस्या समाधान गर्न सक्ने ब्यक्तित्वलाई अध्यक्षको उम्मेद्वार बनाएको र अन्य पदमा पनि योग्य, क्षमतावानहरुलाई अघि बढाउने उहाँले जानकारी दिनुभयो ।
४४ बर्षीय सेरेङले संघको सदस्य, महासचिब हुँदै बरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । २०६१ सालदेखि संघमा आबद्ध भई ब्यापारीहरुको हकहितमा लागि पर्नुभएको सेरेङ उर्लाबारी जेसीज अध्यक्ष, उर्लाबारी ब्याटमिन्टन क्लबको संस्थापक अध्यक्ष भई काम गरिसक्नु भएको छ भने राधिका माध्मिक विद्यालय उर्लाबारी–६ को सञ्चालक समितिको सदस्य भएर काम गर्नुभएको छ । उर्लाबारीका उद्योगी, ब्यावसायीका साथै साना ब्यावसायीको पिरमर्कासमेत राम्रोसँग बुझेका सेरेङ ब्यवसायी दिपक कार्कीको पसलमा आगलागी हुँदा नियन्त्रणका लागि पुग्दा आगलागीमा परी गम्भिर घाइते हुनुभएको थियो । ब्यवसायीहरुको समस्यामा अग्रमोर्चामा रहेर काम गर्ने सेरेङ यस पटक सबै ब्यवसायीहरुको साथ र सहयोग रहने बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय