उर्लाबारी । मोरङको मिक्लाजुङमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय खुल्ला कराँते प्रतियोगितामा मधुमल्ला डोजो प्रथम भएको छ ।
मधुमल्ला कराँते डोजोको आयोजनामा शनिबार मिक्लाजुङ गाउँपालिका–७ स्थित मनोहर जनता माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगितामा ४१ टिमलाई पछि पार्दै मधुमल्ला डोजो प्रथम भएको हो । प्रतियोगितामा बेलबारी डोजो दोस्रो, बिर्तामोड डोजोले तेस्रो स्थान हासिल गरेको छ । मधुमल्ला डोजोका अध्यक्ष दीपेन थापाका अनुसार प्रतियोगितामा झापा, मोरङ, इलाम र सुनसरीका गरी ४१ स्थानका डोजोहरूले सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बू रहनुभएको थियो । मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई, उपाध्यक्ष दिनेश पौडेल, वडा नं. ७ का वडाध्यक्ष सुशिलराज चौहानलगायतले बोल्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलाडी अभिभावक तथा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिता मधुमल्ला डोजोका अध्यक्ष दिपेन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय