उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको उम्मेदवार मनोनयन नामावली प्रकाशन स्थगित भएको छ ।
निर्वाचन समिति संयोजक अम्बिका गौतमद्वारा जारी सूचनाअनुसार फागुन २७ गते बिहान ११ देखि अपराह्न २ बजेसम्म उम्मेदवार मनोनयन दर्ता सम्पन्न भइसकेको थियो । तर, निर्धारित कार्यतालिका अनुसार बेलुका ५ बजे सार्वजनिक हुनुपर्ने उम्मेदवार नामावली निर्वाचन समितिले ‘विशेष कारण’ देखाउँदै स्थगित गरेको छ । अब बुधबार बिहान ११ बजेभित्र मात्रै नामावली सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय