
उर्लाबारी । मोरङको मिक्लाजुङ क्याम्पस स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का सुजन घिमिरे र नेविसंघका हेलिन आचार्यबीच प्रतिष्पर्धा हुने भएको छ ।
चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा मिक्लाजुङ क्याम्पसमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियुबीच चुनाबी तालमेल र नेविसंघ एक्लै चुनाब मैदानमा उत्रेको हो । अखिल (क्रान्तिकारी) को पकड राम्रो मानिएको यस क्याम्पसमा अनेरास्ववियुको साथले सतप्रतिशत निर्वाचन जित्ने अवस्था सिर्जना भएको अखिल (क्रान्तिकारी) मोरङका अध्यक्ष सरोज किराती बताउनुहुन्छ । विद्यार्थीहरुमाझ लोकप्रिय घिमिरेलाई सभापतिको उम्मेद्वार बनाएको उहाँको भनाई छ । अखिल (क्रान्तिकारी) बाट घिमिरे सभापति, अनेरास्ववियुबाट राम थापा सचिब र अनेरास्ववियुबाटै विविशा आचार्य कोषाध्यक्षको उम्मेद्वार बन्नुभएको छ । प्रत्यक्षतर्फबाट सदस्यहरुमा अखिल (क्रान्तिकारी) बाट गुरु काफ्ले, अम्बिका राउत, अनेरास्ववियुबाट राजन राई रहनुभएको छ ।
त्यस्तै, नेविसंघले सभापतिको उम्मेद्वार हेलिन आचार्यलाई बनाएको छ भने सचिबमा समिक्षा पौडेल र कोषाध्यक्षमा जोन मगरलाई उम्मेद्वार बनाएको छ । नेविसंघबाट प्रत्यक्ष सदस्यतर्फ सौगात तिम्सिना, सासेनहाङ राई र सुस्मिता बस्नेतलाई उम्मेद्वार बनाएको छ । नेविसंघले पनि सभापतिसहित सबै पदमा जित्ने दाबी गरेको छ ।