पोखरा। पोखरा महानगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।

महानगरपालिकाका कर्मचारी र व्यवसायीमाथि हातपात गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । व्यवसायी लेखनाथ सुवेदीको जाहेरीका आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

वडाध्यक्ष पराजुलीले हिजो महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए भने हिजो नै फुटपाथमा सामान राखेको भन्दै व्यवसायी सुवेदीलाई पनि कुटपिट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय