उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–२ र इलामको चुलाचुली गाउँपालिका–६ को संगममा रहेका कुइनेटार (खुडी) मा बत्ती जडान गरी झिलिमिलि बनाइएको छ ।

May be an image of 6 people

आन्तरिक पर्यटकहरु रोजाई बनिरहेको उक्त क्षेत्रमा मिक्जालुङ गाउँपालिका वडा नं. २ ले रात्रीकालिन बत्ती जडान गरी झिलिमिलि बनाएको हो । मिक्लाजुङ वडा नं. २ को कार्यालयले आन्तरिक पर्यटन प्रबद्र्धनको निमित्त उक्त बत्ती जडान गरिएको वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले जानकारी दिनुभयो । रातको समयमा कुइनेटार (खुडी) झिलिमिलि बनेपछि थप आन्तरिक पर्यटकको आकर्षण बढ्ने अपेक्षा लिएको उहाँले बताउनुभयो । वडा नं. २ मा रहेको चुलीपोखरी जाने पैदलमार्गको सुरुवाती विन्दु कुइनेटार (खुडी) हो । त्यसकारण पनि यस क्षेत्रसहित चुली पोखरीसम्मको एकीकृत पर्यटन विकासमा वडाले जोड दिइरहेको छ ।

May be an image of 9 people, motorcycle and lighting
बत्तीको उद्घाटन गर्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले आगामी दिनमा कुइनेटार क्षेत्रको पर्यटन विकासका लागि थप बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मिक्लाजुङको पर्यटन विकासमा पालिकाको तर्फबाट साथ र सहयोग रहने उहाँको भनाई छ ।

May be an image of 9 people

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय