उर्लाबारी । उर्लाबारी नगरपालिका–४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसमा जेठ ३१ गते सञ्चालक समिति निर्वाचन हुने भएको छ। क्याम्पस प्रशासनका अनुसार सोही दिन क्याम्पस सभाको बैठकसमेत बस्नेछ, जसमा नयाँ सञ्चालक समिति चयन गरिनेछ।
क्याम्पस प्रमुख खेमराज कार्कीका अनुसार हाल क्याम्पसमा करिब ९६४ जना सदस्य रहेका छन्। ती सदस्यहरूले क्याम्पस विधानअनुसार १५ सदस्यीय सञ्चालक समिति चयन गर्नेछन्। चयन भएका सदस्यहरूबाट अध्यक्ष र उपाध्यक्ष चयन गरिने प्रक्रिया अघि बढाइने क्याम्पसले जनाएको छ।
क्याम्पसको सञ्चालक समिति ३ वर्षे कार्यकालका लागि चयन गरिनेछ। करिब १,८०० विद्यार्थी अध्ययनरत यस क्याम्पसमा चुनावी प्रक्रिया शान्तिपूर्ण र पारदर्शी हुने तयारी गरिएको प्रमुख कार्कीले बताए।
स्थानीय समुदायको सहभागितामा सञ्चालित यो सामुदायिक क्याम्पसले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न संस्थागत संरचना सुदृढ गर्दै लैजाने उद्देश्य राखेको छ। यश क्याम्पसमा स्नातकोत्तरसम्म अध्ययन / अध्यापन हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय