उर्लाबारी । मोरङको पथरी शनिश्चरे–२ शान्तिचोकमा अवस्थित रेडस्टार इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी निश्चल लिम्बु चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स नेपाल सिजन ४’ को फाइनल राउन्डमा प्रवेश गरेका छन् ।
कक्षा–५ मा अध्ययनरत निश्चलले विभिन्न राउन्डमा आधुनिक, पप र रक शैलीका गीतहरू प्रस्तुत गर्दै कोच मिलन अमात्यको टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै फाइनल राउण्डमा पुगेका हुन् । विद्यालयका प्रिन्सिपल टी.एन. तिम्सिनाले निश्चलको संगीतको साथै अध्ययनमा पनि उत्तिकै रुचि रहेको बताउनुभयो । उहाँले सबैलाई निश्चललाई भोट गरिदिन अपिल गर्नुभयो ।
निश्चलले पनि आफु फाइनल राउण्डमा प्रवेश गरेकाले सबैलाई भोट गरिदिन अपिल गर्नुभएको छ । सबैको साथ र सहयोगले उक्त स्थानमा पुगेको उल्लेख गर्दै भोटका गरिदिन अपिल गर्नुभएको छ । देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू सबैले मलाई भोट गरेर विजयी गराइदिनु होला उहाँले भन्नुभयो ।
त्यस्तै, पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्वापोले निश्चललाई जितको शुभकामना दिनुभएको छ । शुक्रबार एक औपचारिक कार्यक्रममा द भ्वाइस अफ किड्सको फाइनलमा पुग्न सफल निश्चललाई नगर प्रमुख तुम्वापोले शुभकामना दिनुभएको हो । द भ्वाइस अफ किड्सको ग्राण्ड फिनाले साउन २४ गते शनिबार हुदैछ । नगर प्रमुख तुम्वापोले नगरको शान निश्चललाई सबैले भोट गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो–‘निश्चललाई भोट गर्ने तरिका चाहिँ सबैले सबैलाई सिकाउनु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय