काठमाडौं। टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली टिम कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालसहित ९ देश सहभागी रहेको टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा बुधबार नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल आज राति ८ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान रहेका छन् ।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ । जापान र नेपाल पहिलोपटक खेल्दै छन् ।

यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय