संगीता राई, पथरी

पथरीशनिश्चरेमा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ‘पथरीशनिश्चरे गोल्डकप’ आजदेखि सुरु हुँदैछ। पथरी–११ फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता कात्तिक १५ गतेदेखि २२ गतेसम्म पथरीशनिश्चरे–१ स्थित जातेमोड खेलकुद मैदानमा सञ्चालन हुनेछ।

उद्घाटन खेलमा सहलेश युवा क्लब सिरहा र भारतको सिलिगुडी कञ्चनजंघा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ।

प्रतियोगितामा आठ टोलीहरूको सहभागिता रहनेछ। सहभागी क्लबहरूमा सहलेश युवा क्लब सिरहा, भारतको सिलिगुडी कञ्चनजंघा फुटबल क्लब, आयोजक इन्ट्रा पथरी–११ फुटबल क्लब, ब्रिगेड ब्वाइज क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, पाँचथर क्लब फिदिम र झापा–११ फुटबल क्लब रहेका छन्।

आयोजकका अनुसार गोल्डकपले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको खेल अनुभव दिलाउने र क्षेत्रीय फुटबलको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय