मोरङ । जीवित मान्छेसँग आफू मरेको प्रमाण पत्र छ भन्दा तपाईंलाई पत्यार नलाग्ला तर मोरङको बेलबारी–११, लक्ष्मीमार्गका ३९ वर्षीय सुवास तामाङ मृत्यु दर्ता प्रमाणपत्र बोकेर चिया बेच्दै छन्। उनी जीवित छन् तर आफ्नै मृत्यु दर्ताको प्रमाण पत्र छ– उनीसँग। सो मृत्यु दर्ता प्रमाणपत्र यतिबेला उनलाई घाँडो भएको छ।

तीनै तहका सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमका लागि सहुलियत प्रदान गरेका छन्। तालिम र ऋणको व्यवस्था गरेका छन्। तर, ३९ वर्षीय तामाङ अपाङ्ग बनेर फर्किए पनि उनले कुनै पनि सीपयुक्त तालिम र सहुलियत प्राप्त गर्न पाएका छैनन् ।

आफ्नो मृत्यु भएको छैन भन्ने प्रमाण जुटाउन उनी धेरै पटक सरकारी कार्यालय धाए। तर, वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबियामा मरेको भनेर लाश ल्याउन मृत्यु दर्ता प्रमाणपत्र बनाएर पठाएकोले फेरि जीवित भएको प्रमाणपत्र बनाउन नसकेका हुन्। घटना पाँच वर्ष पुरानो हो। सुवास तामाङ २०७२ को असार २४ गते साउदी अरेबियामा दुर्घटनामा परे। कम्पनीबाट आफूले प्राप्त गर्ने तलब लिन बैंक जाने क्रममा उनीसँगै अरु चार जना नेपाली पनि दुर्घटनामा परेका थिए।

चारमध्ये तीन जना नेपालीको घटनास्थल मै मृत्यु भयो। कम्पनीले बाँचेका एक जनाको सघन उपचार कक्षमा राखेर ६ महिना उपचार गर्‍यो। साउदी अरेबियाको हुण्डाई कम्पनीले शव क्षतविक्षत भएकोले त्यहाँको अस्पताललाई गलत सूचना दियो।

मृतकको पहिचान नगरी अस्पतालले शव कम्पनीलाई बुझायो।
सोहीअनुसार सुवास तामाङको मृत्यु भएको भन्दै कम्पनीले लाश बुझेर नेपाल पठाउने प्रक्रिया सुरु गर्‍यो। कम्पनीले सुवासको परिवारलाई मृत्युको खबर गर्‍यो। सुवासकाआफन्तले मृत्यु दर्ता गरेर दूतावासमा पत्राचार गरे। सम्पूर्ण प्रक्रिया पूरा भएपछि सुवास तामाङको शव नेपाल ल्याइयो र बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरियो।

शव चिन्नै नसकिने गरी क्षतविक्षत भएकोले आफ्ना पति हुन् वा होइनन्। उनकी पत्नी सन्तोषी तामाङले पनि ठम्याउन सकिनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय