उर्लाबारी÷उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले पत्रकारिता मर्यादित हुनु पर्ने बताउनुभयो ।

मोरङको उर्लाबारीमा ‘उर्लाबारी बुलेटिन’ सार्वजनिकीकरण कार्यक्रममा उहाँले पछिल्लो समय कतिपय मिडियाहरूले सत्यतालाई बङ्ग्याएर एक पक्षीय समाचार संप्रेषण गर्ने गरेको बताउनु भएको हो । उहाँले सत्यतामा आधारित भएर निष्पक्ष रुपमा कलम चलाउन मिडियाकर्मीलाई आग्रह गर्नुभयो । उर्लाबारीको पत्रकारिता विकासमा नगरपालिकाले सहयोग पु¥याउने उहाँको भनाई थियो । उहाँले युट्यूबरकै कारण समाज बिग्रिरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले सत्यताको पक्षमा रहेर समाचार संप्रेषण गर्न आग्रह गर्नुभयो ।  सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले स्वागत मन्तव्य राख्नु भएको थियो । नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालले उर्लाबारी बुलेटिन प्रकाशनमा ल्याएको हो । ७६ पेजको बुलेटिनमा २२ वटा फिचर समावेश गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । नगरको परिचय, प्रत्येक वडाका विकास गतिविधि, नगरको शिक्षा, स्वास्थ्य, खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, पर्यटन, व्यापार व्यवसायलगायतका विषयलाई समावेश गरेर बुलेटिन प्रकाशनमा ल्याइएको हो । क्लबका सल्लाहकार नवराज भट्टराई र उपाध्यक्ष केशव निरौलाले बुलेटिन सम्पादन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय