उर्लाबारी÷ उर्लाबारीमा नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) व्युँताइएको छ । सर्वोच्च अदालतको आदेशपछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत पार्टीमा फर्किएपछि भातृ संगठनलाई पनि स्थानीय तहसम्म नै चलायमान बनाउन थालेका छन् ।
यसैक्रममा सोमबार उर्लाबारीमा आयोजित नगर सम्मेलनबाट देवेन्द्र खड्काको अध्यक्षतामा ४१ सदस्यीय वाइसीएल नगर कमिटी चयन भएको छ । समितिको उपाध्यक्षमा तिलबिक्रम श्रेष्ठ र पदम लिम्बू, सचिवमा हरिशचन्द्र दुराल, सहसचिवमा रेणुका घिमिरे, थानेश्वर अधिकारी, अनिलकुमार साहु र कृष्ण धिमाल तथा कोषाध्यक्षमा सविन घिमिरे चयन भएका छन् । त्यस्तै, विभिन्न पार्टी परित्याग गरी युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेको वाईसीएल केन्द्रीय निर्वाचन सदस्य दिपक आले मगरले जानकारी दिए ।
वाइसीएल प्रदेश १ का इञ्चार्ज कर्मा पुलामी मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वाइसीएलका केन्द्र, प्रदेश र जिल्लास्तरका नेता तथा पार्टीका स्थानीय नेताहरुको आतिथ्यता रहेको कार्यक्रमका सभापति राजिब लिम्बूको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय