विराटनगर । चैत्र २५ गते हुन गईरहेको नेपाल पत्रकार महासंघ मोरङ शाखाको निर्वाचनमा २० पदका लागी ४१ जनाको उम्मेदवारी कायम भएको छ ।

आईतबार ६ जनाले उम्मेदवारी फिर्ता लिएपछि ४१ जनाको उम्मेदवारी कायम भएको हो । उम्मेदवारहरुको प्रकाशित अन्तिम नामावली अनुसार मोरङको निर्वाचनमा अध्यक्ष पदका लागी दुईजनाको उम्मेदवारी कायम भएको छ । जसमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलबाट शंकर खरेल र प्रेस चौतारीबाट सञ्जीव खनालको उम्मेदवारी परेको छ । अध्यक्षबाट अर्जुन आचार्य र दुर्गा प्रसाद खतिवडाले उम्मेदवारी फिर्ता लिएका हुन ।

आईतबारको दाबी/विरोध र उम्मेदवारी फिर्तापछि उपाध्यक्षमा पनि २ जनाको उम्मेदवारी कायम भएको छ । हरिप्रसाद कोईरालाले उम्मेदवारी फिर्ता लिएपछि मोहन भट्टराई र सन्तोष सिग्देलको उम्मेदवारी कायम भएको हो । महिला उपाध्यक्षमा भने उमा थापा पोखरेल, चिना थापा र तारा आचार्यको उम्मेदवारी कायमै रहेको छ ।

यस्तै पत्रकार महासंघ मोरङ जिल्ला सचिवका लागी नेत्र पी अधिकारी र हरि अधिकारी गरि दुईजनाको उम्मेदवारी कायम रहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार खुल्ला सह-सचिवमा ३ जनाको उम्मेदवारी परेकोमा १ जनाले फिर्ता लिएका छन् । सरोज बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दिनेश सुब्बा र पर्शुराम निरौला (प्रशान्त) को उम्मेदवारी कायम भएको हो । यस्तै समावेशी सह-सचिवमा अनिल श्रेष्ठ, खनेन्द्र कुमार राई (अर्जुन) र जितेन्द्र नारायण ठाकुरले उम्मेदवारी दिएकोमा कसैले फिर्ता लिएका छैनन् । कोषाध्यक्षमा अभयकुमार राई र चिरञ्जीवी (सुमन सुस्केरा) को उम्मेदवारी कायम छ ।

यस्तै आगामी निर्वाचनका लागी ८ जना खुल्ला सदस्य पदमा १६ जनाको उम्मेदवारी परेपछि १ जनाले फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा कुमार खडका रहेका छन् । यसबाहेकका एलिना दियाली, कैलाश चापागाँई, गोपाल पोखरेल, तेजन खड्का, दिलीप कुमार अग्रवाल, नवराज भट्टराई, विरेन्द्रकुमार शाह, भीमराज अधिकारी, मणिराम दाहाल, मनोज कुमार मेहता, राकेश कणर्, सन्तोष गौतम, सन्दिप राई, सशांक पौडेल र सुरेश अधिकारीको उम्मेदवारी कायमै रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचनका लागी १ जना महिला सदस्य र १ जना आदिवासी जनजाति पदका लागी २-२ जनाको उम्मेदवारी परेको छ । जसमा क्रमशः उषाकुमारी सरदार र राजकुमारी तामाङ तथा बबिता साम्पाङ राई र राजेश कुमार राजवंशी रहेका छन् । यसैगरि मधेशी सदस्यमा पवन कुमार साह र मुकेश यादव तथा दलित सदस्यमा तिलक नेपाली र पदम कुमार सरदारको उम्मेदवारी कायम छ । अन्य समावेशी सदस्य पदका बाबुराम मुडियारीले फिर्ता लिएपछि दिपा धिमाल र श्यामसुन्दर सुतिहारको उम्मेदवारी कायम भएको हो ।

यस्तै ५ जना केन्द्रिय परिषद सदस्य पदका लागी शनिबार २ महिला र ८ पुरुष गरि १० जनाले उम्मेदवारी दर्ता गराएकोमा १ जनाले फिर्ता लिएका छन् । अर्जुन जम्नेली राईले उम्मेदवारी फिर्ता लिएपछि केन्द्रिय परिषद पदका लागी मोरङबाट अनन्तराज न्यौपाने, गणेश लम्साल, बिक्रम लुईटेल, भक्तशेर लिम्बु, महेन्द्र बिष्ट, मोहन भण्डारी, शंकर लुईटेल, शान्ति गौतम दाहाल र सिर्जना कार्कीले चुनाव लड्ने छन् ।

यसका साथै १४ सदस्यीय प्रदेश परिषद सदस्य पदका लागी पनि २४ जनाको उम्मेदवारी कायमै छ । जसमा अविनाश कुमार निधी, किशोर बुढाथोकी, किशोर विश्वकर्मा, किसान शाही, ज्योती चौहान, दिनेश कुमार पोखरेल, धनबहादुर बस्नेत, पुण्य प्रसाद अधिकारी, पुष्पराज थपलिया, प्रेम देवान, बाबुराम भण्डारी, विवेक मिश्र, वेदराज पौडेल, भुपेन्द्र तिम्सिना, भोजराज घिमिरे, मदन बाबु प्रसाँई, माधव अधिकारी, यज्ञराज अधिकारी, रबिन्द्र बराल, सन्तोष राई, सत्यनारायण शर्मा, सुमन घिमिरे, सुरेश कार्की र हरिहर नेपाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय