उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गफले समृद्धि नआउने बताउनु भएको छ ।
आज उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औं साधारणसभामा बोल्दै उहाँले गफले समृद्धि नआउने भएकाले उत्पादनमा जोड दिनु पर्ने बताउनु भएको हो । समृद्धिका लागि अब शिर्ष नेताहरु इमान्दार भएर जनहितमा लाग्न नसके मुलुक फेरि पनि अप्ठ्यारो परिस्थितिबाटै अघि बढ्नु पर्ने अवस्था आउने उहाँको भनाई छ । उहाँले जनताका समस्या समाधान गर्न इमान्दारिताका साथ लाग्न जरुरी रहेको उल्लेख गर्नुभयो । जनतालाई शुद्ध खानेपानी पु¥याउने सरकारको लक्ष्य पूरा गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । उहाँले गरिब तथा विपन्न समुदायलाई सहुलियत तथा निःशुल्क खानेपानीको ब्यवस्था मिलाउन सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराउनुभयो ।
त्यस्तै, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीले उर्लाबारी नगरपालिकालाई समृद्ध र नमूना नगर बनाउन प्रयासरत रहेको उल्लेख गर्नुभयो । उहाँले जनअपेक्षाका कामहरु प्राथमिकताको आधारमा अघि बढाइरहेको बताउनुभयो । उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, ८ का वडाध्यक्ष कुलबहादुर कार्कीलगायतले बोल्नुभयो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष भूपालसिं राईले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिब चिन्तामणि पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सचिब पौडेलले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लालबहादुर तामाङ, कार्यालय प्रमुख राजु बुढाथोकीले प्राविधिक र लेखा समिति संयोजक श्याम बस्नेतले लेखा प्रतिवेदन राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष दिपेन्द्र धिमालले गर्नुभएको छ । २०५२ सालमा उक्त संस्था स्थापना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय