काठमाडौं,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान बिहीबार रातिदेखि बन्द हुने जनाएको छ।

मन्त्रालयले भारतमा हप्ताको दुई उडान ‘ओपन विन्डो’को रुपमा हुने जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले वैशाख २३ गतेदेखि ३१ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका छन्। ‘आन्तरिक उडान मंगलबारबाट पूर्णरुपमा बन्द हुन्छन्’, अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय उडान भारतमा हप्ताको २ वटा हुने र बाँकी सबै देशसँग वैशाख ३१ सम्म उडान बन्द हुन्छन्।’

कोभिड महामारीको कारण भारत आक्रान्त भएको बेला पनि ‘ओपन विन्डो’को रुपमा भारतमा २ उडान हुने उनले बताए। यता नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले ६ मे अर्थात २३ गतेदेखि १४ मे अर्थात ३१ वैशाखसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द भएको पुष्टि गरे। उनका अनुसार आन्तरिक उडान यो महिनामा आज मात्रै चल्नेछन्। सरकारले चाहेको अवस्थामा चार्टर्ड उडान हुने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय