उर्लाबारी । कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको भएपनि अझै सचेत भएको पाईदैन ।
उर्लाबारी नगरपालिकाले सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न नगरबासीहरुलाई अनुरोध गरेको छ । २५ जना भन्दा बढी भिडभाड नगर्न नगरपालिकाले भनेको छ । तर, त्यसलाई वेवास्था गर्दै विहे, पार्टी भइरहेका छन् । ठुलाबडाहरुले नै नियम मिचिरहेको भएपनि नियम निकायले ध्यान दिएको छैन । उर्लाबारीमा १५ जना कोरोना संक्रमित भइसकेका छन् । अटेरीहरु भिडभाडमा समेत माक्स प्रयोग गर्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय