विराटनगर । प्रदेश १ मा शनिबार ५७८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १७३ जनाको पीसीआर परीक्षण गर्दा ४९.२७ प्रतिशतमा कोरोना देखिएको छ । यो दर अहिलेसम्मकै उच्च हो ।

परीक्षण गरिएकामध्ये २६३ महिला र ३१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५ जनामा संक्रमण देखिएको छ । यस्तै, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनवर्षी, जहदा, ग्रामथान र कटहरीमा १–१ जना संक्रमित भेटिएका छन्

मन्त्रालयका अनुसार, झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २–२, कचनकवm, झापा गाउँपालिका, बा¥हदशी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जना संक्रमित भेटिएका छन् । यस्तै सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहवीमा र कोशी गाउँपालिकामा २–२, देवानगञ्ज, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि सोलुखुम्बुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १, इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ हजार २२३ पुगेको छ । संक्रमितमध्ये ३० हजार २२६ संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ६ हजार ४५० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय