काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनुभन्दा एक दिन अगाडि रणनीति बनाउन एमालेका बरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहको बैठक बस्दै छ ।

आइतबार काठमाडौंमा नेपाल–खनाल समूहका स्थायी कमिटीका सदस्यहरूको बैठक बसेर सांसदहरूले राजीनामा दिनेबारेको विषयमा छलफल हुनेछ ।

नेपाल समूहले जेठ २ गते २०७५ मा फर्कन अध्यक्ष ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।

अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरू तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ । तर समय भने निश्चित भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय