उर्लाबारी । दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण ब्यापक फैलिरहेको छ । यसको रोकथाम र नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकार लागि परेका छन् । पहिलो चरणको कोरोना भाइरसभन्दा अहिले दोस्रो चरणमा फैलिएको कोरोना भाइरस खतरानाक देखिएको छ । मोरङको उर्लाबारीमा कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि के कस्तो पहल तथा कामहरु भइरहेका छन् त ? उर्लाबारी कतिको सुरक्षित छ ? आम नागरिकमा चासोको बिषय पनि बनिरहेको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण उर्लाबारीमा एक जनाको मृत्यु हुनुको साथै ३० जना बढी संक्रमित भइसकेको अवस्था छ ।
कस्तो छ तयारी ?
उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल एबं ट्रमा सेन्टरमा पहिलो चरणमा १० बेडको कोभिड अस्पताल बनाउने काम सुरु भएको छ । संक्रमितको संख्या थप भएसँगै बेड थप गरिने छ ।
उर्लाबारी नगरपालिकाले नगर क्षेत्रका कोरोना भाइरसका संक्रमितहरुले उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भनेर कोभिड अस्पतालसँगै बिरामीहरु बोक्न एम्बुलेन्सको २४ सैं घण्टा व्यवस्था मिलाएको छ । कोरोना भाइरसका संक्रमितहरुलाई कुनै समस्या भए सिधै स्वास्थ्य शाखाका प्रमुख सुरेश खड्का ९८४२६५२७२१ वा मेयर खड्गबहादुर फागो ९८५२०३०१८१ म सम्पर्क गर्न सकिने छ ।
उर्लाबारीका ९ वटै वडामा स्वास्थ्यकर्मीबाट घरघरमै आधारभूत सेवा प्रदान गर्ने कार्य सुरुवात भएको छ । मेयर फागोकै निर्देशनमा घरघरमा जनतालाई आधारभूत सेवा दिने ब्यवस्था मिलाइएको छ । मेयर र उपमेयर चढ्ने गाडी स्वास्थ्यकर्मीहरुका लागि प्रयोगका लागि परिचालन गरिएको छ । कोरोनाका संक्रमित एम्बुलेन्समै बोक्ने ब्यवस्था मिलाइएको छ । मेयर र उपमेयरका गाडी बिरामी बोक्न कठिन र असहज हुने भएकाले ती गाडी स्वास्थ्यकर्मीहरुलाई जनताका घरघरमा पुग्नका लागि परिचालन हुने मेयर फागोले जानकारी दिनुभयो । संक्रमितलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय