उर्लाबारी । कोरोना कहर छ । दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमण कहिलेसम्म जारी रहन्छ भन्न सक्ने अवस्था छैन । कोरोना नियन्त्रणका लागि तीनै तहका सरकार लागि परेका छन् ।
दोस्रो चरणमा फैलिएको कोरोना कहरका कारण मोरङ जिल्लामा उर्लाबारी पनि बढी प्रभावित क्षेत्र मानिन्छ । उर्लाबारीमा दैनिक जसो घटबटको अवस्थामा छ । कोरोना भाइरस न्यूनिकरण भए भदौमा उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी साधारणसभा हुने तयारी छ । २ महिना बढी समय रहँदा अध्यक्षका प्रत्यासीहरुको चर्चा परिचर्चा पनि हुन थालेको छ । उर्लाबारी उद्योग बाणिज्य संघमा नेपाली कांग्रेस समर्थक ब्यवसायीहरुको पकड मानिन्छ । कांग्रेसको आन्तरिक किचलोका कारण नेतृत्व अन्य पार्टी समर्थकको पोल्टामा पर्ने गरेको छ । वर्तमान अध्यक्ष प्रितम खड्गी नेपाली कांग्रेस समर्थक ब्यवसायी हुनुहुन्छ । उहाँले एक कार्यकालभन्दा बढी नेतृत्व नलिने घोषणासँगै यस पटकको निर्वाचनमा कांग्रेस समर्थक दुई ब्यवसायीको नेतृत्वमा आफ्नो तयारी थालेका छन् । वर्तमान बरिष्ठ उपाध्यक्ष विनोद न्यौपाने र पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरेङले नेतृत्वमा दाबी गरिरहेका छन् । सेरेङले आफ्नो चुनाबी तयारीसमेत थालिसकेको जानकार स्रोत बताउँछ । यसअघि पनि नेतृत्वमा दाबी गरेका सेरेङलाई यस पटक उम्मेद्वार बनाउने सहमति भएको र सोही अनुसार आफु उम्मेद्वार बन्नेमा ढुक्क छन् । न्यौपानेले पनि घुमाउरो तरिकाले नेतृत्वमा दाबी गरिरहेको बुझिएको छ । दुबै सामाजिक सेवालगायत कार्यमा सक्रिय रहेकाले कसलाई काग्रेसले उम्मेद्वार बनाउँछ भन्ने निकै चासोका साथ हेरिएको छ । सेरेङलाई युवा पंक्तिहरुले उम्मेद्वार बनाउन नेतृत्वलाई दबाब दिइरहेका छन् भने संघकै केही पूर्वअध्यक्षले न्यौपाने नेतृत्वका लागि सक्षम भएको बताउन थालेका छन् । नेकपा एमाले छिन्नभिन्न भएको अवस्था र नेकपा माओवादी छुट्टै पार्टीको रुपमा स्थापित भएकाले यस पटक कांग्रेस एकमत भएर अघि बढेको अवस्थामा अध्यक्षसहित सबै पदमा आफ्नो पकड स्थापित गर्न सक्ने देखिन्छ । नेकपा एमाले (ओली समूह) बाट अध्यक्षमा शेरबहादुर भण्डारी, राम थापालगायतको चर्चा छ । नेकपा एमाले (माधब समूह) बाट कसैको नेतृत्वमा चर्चा छैन । एमालेभित्रै कलह कायम रहेको अवस्थामा माधब समूह माओवादी केन्द्रलगायत अन्य दलसँग सहकार्य गरेर चुनाबी प्रतिष्पर्धामा जान सक्ने बताइन्छ । नेकपा माओवादी केन्द्रबाट यामलाल रसाईलीलगायतको नेतृत्वमा चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय