उर्लाबारी । नेकपा एमालेभित्र देखिएको चरम विवाद उर्लाबारीमा पनि देखिन थालेको छ ।
उर्लाबारीका नेता गंगाप्रसाद बास्तोलाको अध्यक्षतामा माधब नेपाल–झलनाथ खनालको नेकपा एमाले उर्लाबारी नगर कमिटी गठन भएसँगै ओली समूहको नेकपा एमालेका उर्लाबारी नगरअध्यक्ष उमाकान्त गौतमले धम्कीपूर्ण विज्ञप्ति जारी गरेका हुन् । जब कि गौतम नेकपा माओवादी र नेकपा एमालेबीच एकता भएपछि नेकपाको अध्यक्ष बनेका थिए । अधिवेशनबाट निर्वाचित नगर अध्यक्ष मनोरथ भण्डारी हुन् भने क्षेत्र समायोजनपछि जिल्ला कमिटीले नेकपा एमालेका अध्यक्ष अग्नी भट्टराई तोकेको थियो । नेपाल–खनाल पक्षले नेकपा एमालेको आधिकारिक अध्यक्ष भट्टराई नै भएको दाबी गर्छन् । टिके र अबैधानिक अध्यक्ष गौतमको धम्कीपूर्ण कार्वाहीको चेतावनी हास्यास्पद नेपाल–खनालको टिप्पणी गरेका छन् ।
एमालेको माधवकुमार नेपाल समूहले गत शनिबार नगर कमिटी गठन गरेपछि उर्लाबारी एमालेमा भाँडभैलो मच्चिएको छ । ओली पक्षीय एमालेका नगर अध्यक्ष उमाकान्त गौतमले मंगलबार विज्ञप्ति जारी गरी एमालेका नाममा गतिविधि गर्नेहरुलाई कारवाहीको चेतावनी दिएका छन् । उर्लाबारी–३ का गंगाप्रसाद बास्तोलाले पार्टी पुनर्गठन भन्दै आफ्नो संयोजकत्वमा एमाले नगर कमिटीको घोषणा गरेपछि गौतम नेतृत्वको उर्लाबारी एमाले क्रुध बनेको हो । गंगाप्रसाद बास्तोलालाई ‘अब एमाले हुँ भन्ने कुनै नैतिक र कानुनी अधिकार नभएको’ उर्लाबारी एमालेका संस्थापन पक्षका नेता, कार्यकर्ताको भनाई छ । उनलाई समानान्तर गतिविधि नगर्नपनि चेतावनी दिइएको छ । यसैबीच अध्यक्ष गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, –‘मुलुकको कम्युनिष्ट आन्दोलनको आरोह, अवरोहको विकासक्रममा पार्टीभित्र देखिएका असहज अवस्थाले सिंगो पार्टीपंक्तिमा सरोकार र चिन्ता छाएको सर्वविदितै छ ।
ADVERTISEMENT