उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी साधारणसभा भदौं दोस्रो साता हुने तयारी छ । मिति घोषणा नभएपनि भदौं दोस्रो साता साधारणसभा हुने भएपछि आकांक्षीहरुले आफ्नो गतिबिधि अघि बढाइरहेका छन् ।
यसैबीच पूर्वअध्यक्ष धर्मराज शाक्यले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । यो सँगै शाक्यको यस निर्वाचनका लागि पहिलो घोषणा हो । स्वतन्त्रतर्फबाट शाक्यले उम्मेद्वारी घोषणासँगै चुनाबी सरगर्मी बढेको छ । नेपाली कांग्रेस समर्थक ब्यापारीहरुको पकडमा रहेको उर्लाबारी उद्योग बाणिज्य संघले अध्यक्ष पदमा कसलाई टिकट दिन्छ भन्ने विषय निकै चासोको साथ हेरिएको छ । वर्तमान अध्यक्ष प्रितम खड्गीले पुनः अध्यक्ष पदमा दाबेदारी प्रस्तुत नगरेपछि पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरेङ र वर्तमान बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरिनु भएको छ । दुबै ब्यापारीहरुमाझ परिचित र लोकप्रिय भएका कारण कांग्रेसलाई अध्यक्ष पदमा कसलाई अघि बढाउने भन्ने विषयमा दोधार देखिएको छ । ब्यापारीहरुको हितमा काम गर्न सक्नेलाई भाबी उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्षमा अघि सार्न पार्टीलाई चौतर्फी दबाब छ । यसअघिको निर्वाचनमै सेरेङलाई २०७८ सालको अध्यक्षको उम्मेद्वार तोकिएको थियो । कांग्रेसले सेरेङ र न्यौपानेमध्ये कसले उर्लाबारीका ब्यापारीसँगसँगै उर्लाबारीको ब्यापार ब्यवसायलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने भन्ने तरिकाले विश्लेषण गरिरहेको छ । वर्तमान अध्यक्ष खड्गीले दुबै अध्यक्षका लागि सक्षम उम्मेद्वार भएको बताउनुहुन्छ । केही दिनभित्रै अध्यक्ष पदमा कसलाई अघि बढाउने भन्ने विषयमा कांग्रेसले निर्णय गर्ने तयारी भइरहेको जनाइएको छ । यता नेकपा एमाले ओली समूहबाट शेरबहादुर भण्डारी र राम थापाको चर्चा छ । तर, दुबैले अहिलेसम्म मुख खोलेका छैनन् । दुई मध्ये भण्डारी लोकप्रिय मानिन्छन् । यता नेकपा माओवादी केन्द्रले यामलाल रसाईलीलाई अध्यक्षमा अघि सार्ने सम्भावना छ । निकै लोकप्रिय र ब्यापारीहरुको हकहितमा क्रियाशिल रसाईली पार्टीभन्दा माथी उठेर काम गर्ने गर्दछन् । नेकपा एमाले नेपाल खनाल समूह भने परिस्थिति हेरेर अघि बढ्ने दाउमा छ । नेकपाबाट छिन्नभिन्न भएको नेकपा एमाले र माओवादी केन्द्रका कारण यस पटक कांग्रेस समर्थक ब्यापारीहरुलाई सहज छ । तर, कांग्रेसभित्रको आन्तरिक कलहका कारण प्रभाव पार्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय