विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ ।

प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४१, मोरङमा १२५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ५५, विर्तामोडमा २६, भद्रपुरमा २४, मेचीनगरमा ११, कनकाईमा ८, बा¥हदशी र शिवसताक्षीमा ४–४, अर्जुनधारा र हल्दिबारीमा २–२, कचनकवल, कमल गाउँपालिका, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ६३, लेटाङमा २१, पथरीशनिश्चरेमा ११, बेलबारीमा १०, कटहरीमा ७, सुन्दरहरैचा र उर्लाबारीमा ४–४, केराबारी र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १, सुनसरीको धरानमा ३८, इटहरीमा १८, रामधुनीमा ६, दुहवीमा ५, बराहक्षेत्रमा ४, इनररुवा र बर्जुमा ३–३, देवानगञ्जमा २, गढी र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १५, उदयपुरगढीमा २, स्थानीय तह नखुलको १, संखुवासभाको चैनपुरमा ५ र खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र साँघुरीगढीमा १–१, ताप्लेजुङको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र अरुणमा १–१, इलामको रोङ र चुलाचृुलीमा १–१, पाँचथरमा १, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ८३५ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ६९३ रहेको छ । प्रदेश १ मा आज १ हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय