पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै भएका छन् ।

पोखरामा बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । बाढी पीडितको अवस्था बुझ्न मनाङ पुग्नुभएका मुख्यमन्त्री पोखरेल केहीबेरमा पोखरा फर्कने छन् ।

नेपाली कांग्रेसको संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले गएको शनिवार माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

बहुमत दाबी गरेर सरकार गठन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार पोखरेलले मत लिन लागेका छन् ।

गण्डकीमा सरकार बनाउन ३१ सदस्य चाहिनेमा पोखरेललाई एमालेबाहेक सबै दलसहित ३१ जनाकै समर्थन रहेको छ । विश्वासको मत लिएपछि पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय