उर्लाबारी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत  उर्लाबारीको मावा खोलादेखि सुनझोडा सडक खण्डमा सडक बत्ती जडान कार्य सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकाले उज्यालो अभियान कार्यक्रम अन्तरगत सडक बत्ती जडान गरेको हो । आज बक्राहा खोलादेखि सुनझोडा खोलासम्म सडक बत्ती जडान गरिएको छ । यसअघि मावा खोलादेखि बक्राहा खोलासम्म पहिलो चरणमा सडक बत्ती जडान गरिएको थियो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उपमेयर लक्ष्मीदेवी भण्डारी, वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीले संयुक्त रुपमा सडक बत्तीको उद्घाटन गर्नुभयो । पूर्वपश्चिम राजमार्ग अन्तरगत उर्लाबारी खण्ड रातको समयमा अब झिलिमिली बनेको छ । सडक बत्ती नहुँदा रातको समयमा  अपराधिक घटना हुने सक्ने खतरा बढेपछि नगरपालिकाले उज्यालो अभियान सुरु गरेको मेयर फागोले जानकारी दिनुभयो । अब चाँडै उर्लाबारीको बेतिनि सिमसार जाने क्षेत्र, उर्लाबारी–मधुमल्ला सडक र उर्लाबारी–बरगाछी सडक खण्डमा पनि सडक बत्ती जडान गर्ने तयारी भइरहेको मेयर फागोको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय