विराटनगर । मोरङमा केही सहज बनाउँदै एक साता निषेधाज्ञा थपिएको छ । कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोनाको आगामी १४ गतेसम्म केही खुकुलो पार्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको बैठकले संक्रमण घटे पनि जोखिम भने कम नभएको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञामा अब प्राय व्यापार व्यवासय दैनिक बिहान १२ बजेसम्म सञ्चालन हुन सक्ने छन् । तर विद्यालय तथा शैक्षिक सस्था, सिनेमा हल, पार्टी प्यालेस तथा सार्वजनिक यातायात भने बन्द रहने छन् । पशुपक्षीसम्बन्धि पसल व्यवसाय र कृषिसँग सम्बन्धित व्यवासय भने दैनिक ६ बजेसम्म सञ्चानल गर्न पाउने गरि निषेधाज्ञा थपिएका प्रमुख जिल्ला अधिकारी निरौलाद्वारा जारी निषेधाज्ञा आदेशमा उल्लेख छ । तर सबै व्यापार व्यवसाय सञ्चालन गर्दा तोकिएको मापदण्ड तथा स्वास्थ्य सुरक्षा अनुसार सञ्चालन गर्न आदेशमा उल्लेख छ ।

जिल्लामा अझै ४ हजार २ सय १४ सक्रिय कोरोना भइरसका संक्रमित छन् । भौतिक दूरी, मास्क, सेनिटाइजर लगायतका साधनको प्रयोग गर्दै निषेधाज्ञामा तोकिएको समय अनुसार व्यापार व्यवसाय गर्न प्रमुख जिल्ला अधिकारी निरौलाले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय