उर्लाबारी । नेपाल तरुण दल उर्लाबारी नगर समितिले कोरोना संक्रमणसँगै सरकारले गरेको निषेधाज्ञा जारी गरेपछि समस्यामा परेका ४ सय परिवारलाई खाद्यान्य सहयोग गरेको छ ।
गत जेठ २२ गते खाद्यन्न वितरण अभियान सुरु गरिएको र हालसम्म करिब ४ सय विपन्न परिवारको घरघरमा पुगेर खाद्यान्य वितरण गरेको उर्लाबारी नगर सभापति रोहित कार्कीले जानकारी दिनुभयो । निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न, असहाय, अपाङ्गतालगायतलाई खाद्यान्य सहयोग गरेको उहाँले बताउनुभयो । कार्कीको नेतृत्वमा रहेको खाद्यान्य वितरण टीममा उर्लावारी तरुण दलका युवाहरु सुमन कार्की, राजन रायमाझी, विक्रम चापागाँई, जीवन चिमरिया, अजय तामाङ्ग, सविन थापा, जितेन लिम्बु, सन्तु लिम्बु, शंखर निरौला, शेखर खड्का लगायत अन्य युवाहरु सक्रियपूर्वक जुटेका थिए । यसअघि कार्कीको नेतृत्वमा रहेको टीमले उर्लाबारीमा कोभिड संक्रमण न्युनिकरणका लागि जनचेतनामुलक कार्यक्रम गर्नुका साथै मास्क, सेनिटाईजर वितरण अभियान समेत चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय