मोरङ । भनिन्छ प्रेमको कुनै सीमा हुँदैन । यहाँ देश र भूगोलमा बाँधिएर हामी बसेका छौं । तर प्रेम गर्ने मान्छेलाई यसले छेक्नु हुँदैन ।
प्रेम त खुला आकाशमा उडेको पन्क्षीको जस्तै हुनुपर्छ जसलाई सीमा र भूगोलले छेक्दैन । यस्तै नेपालमै एउटा जोडि छ जसको प्रेमलाई सीमाले छेकेको छैन ।
मोरङमा एउटा जोडि छ चीनका युवक र नेपाली चेलीको । आयुषा विश्वकर्मा नेपाली युवती र जिहाङ नाम गरेका चिनियाँ युवकको यो जोडी निकै सुन्दर छ । उनीहरुको पहिलो भेट जिहाङ नेपाल घुम्न आएको बेला भएको थियो ।
भेटपछि फेसबुकमा जोडिएर उनीहरूले कुराकानी गर्न थाले । कुराकानी निकै गहिराईमा पुगेपछि उनीहरुले एकाअर्कालाई प्रेम प्रस्ताव राखे र अहिले विवाह पनि गरेका छन् । विवाह पछि दुवैजना नेपाल मै बस्दै आएका छन् । हेर्नुहोस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय