मोरङ । भनिन्छ प्रेमको कुनै सीमा हुदैन । यहा देश र भूगोलमा बाँधिएर हामी बसेका छौं । तर प्रेम गर्ने मान्छेलाई यसले छेक्नु हुदैन ।
प्रेम त खुला आकाशमा उडेको पन्क्षीको जस्तै हुनुपर्छ जसलाई सीमा र भूगोलले छेक्दैन । यस्तै नेपालमै एउटा जोडि छ जसको प्रेमलाई सीमाले छेकेको छैन । मोरङमा एउटा जोडि छ चीनका युवक र नेपाली चेलीको । आयुषा विश्वकर्मा नेपाली युवती र जिहाङ नाम गरेका चिनियाँ युवकको यो जोडी निकै सुन्दर छ । उनीहरुको पहिलो भेट जिहाङ नेपाल घुम्न आएको बेला भएको थियो ।
भेटपछि फेसबुकमा जोडिएर उनीहरूले कुराकानी गर्न थाले । कुराकानी निकै गहिराईमा पुगेपछि उनीहरुले एकाअर्कालाई प्रेम प्रस्ताव राखे र केही समयअघि उनीहरुले मन्दिरमा विवाह गरेका थिए । नेपाली पराम्पराअनुसार उनीहरु भोली विवाह गर्दैछन् । आज हामी उनीहरुको विवाह कसरी हुदैछ भन्ने बारेमा जानकारी दिनका लागि रंगेलीमा आइपुगेका छौं । र, विवाहका बारेमा भोलीकी बेहुली आयुषा विश्वकर्मा र बेहुला जिहाङसग छोटो कुराकानी गरेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय