घरमा कुकुर पाल्नाले मुटु र मधुमेह जस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ । कुकुर पाल्दा स्वास्थ्यमा हुने फाइदाहरु निम्न अनुसार रहेका छन् :

१. खुशी बढाउँछ, निराश हटाउँछ

कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउने मानिसमा तनाव घट्न गई खुसी बढ्ने हुन्छ । कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुशी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ । यसले मानिसमा रहेको निराशा हटाउँन मद्दत गर्छ ।

२. मुटु रोगको जोखिम घटाउँछ

अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ । उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो ।

३. रक्तचाप घटाउछ

कुकुरसँग खेल्दा र कुकुरलाई डोराएर हिँड्दा रक्तचाप घटाउन सहयोग पुग्छ। कुकुरलाई घरबाहिर लिएर जाँदा मानिसको पनि एक्सरसाइज हुन्छ । यसले गर्दा मुटुसम्बन्धी रोगहरुको जोखिम कम हुन्छ ।

४. छालाको रोग र एलर्जीबाट जोगाउन सहयोग गर्छ

कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो तथा छालामा हुने एलर्जीले सताउने सम्भावना निकै कम हुन्छ।

४. स्वस्थ दैनिकीलाई प्रोत्साहन

कुकर पाल्नेहरुले कुकुरहरुसँग खेल्ने र काम गर्ने जिम्मेवारी पनि बहन गर्छन्, जसले गर्दा कुकुर पाल्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छन् र दैनिकी पनि स्वस्थ हुन्छ।

५. एक्लोपना तथा तनावबाट मुक्त

कुकर पाल्नेहरुले कुकुरहरुसँग खेल्ने र काम गर्ने जिम्मेवारी पनि बहन गर्छन्, जसले गर्दा कुकुर पाल्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छन् र दैनिकी पनि स्वस्थ हुन्छ । कुकुरको कारणले मानिसहरु एक्लोपना तथा तनाव (डिप्रेशन) बाट मुक्त हुन्छन् ।

६. मधुमेह रोगबाट मुक्त

घरमा कुकुर पाल्नाले मधुमेह रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ ।

नोट : कुकुरको दिसामा मानव स्वास्थ्यलाई असर गर्ने जीवणु हुने भएकाले जथाभावी रुपमा कुकुरलाई दिसा गराउन हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय