२६ साउन २०७७
सरकारले विभिन्न मुलुकवाट कोरोना भाइरस (कोभिड १९) मा परेका ४६ हजार ३ सय १२ जना नेपालीलाई स्वदेश फर्काइएको छ । यसरी फर्कनेमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) बाट रहेको छ ।

युएईबाट १२ हजार ५ सय १ जना स्वदेश फर्काइएका छन् । साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७९४, कुवेतबाट ६ हजार ३२९ र कतारबाट ५ हजार २५१ जना स्वदेश फर्किएको एनआरएनले जनाएको छ ।

 

एनआरएनका अनुसार ओमानबाट ६ सय ३६, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९, सिंगापुरबाट २ सय ९७, हंङकंङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय ८, टर्कीबाट १ सय १०, अफगानिस्तानबाट ३३, म्यानमारबाट २६ जना स्वदेश फर्किएका छन् ।

यसैगरी फिलिपिन्सबाट २ सय १ जना, स्वीट्जरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट २ सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट ५ जना जापानबाट १ हजार २३ जना स्वदेश फर्किएका छन् ।

भारतबाट हवाई उडान मार्फत ८५ जना स्वदेश फर्किएका छन् तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्यांक भने सरकार सगंपनि स्पटरुपमा रहेको छैन । विश्वभर २ सय ६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको एनआरएनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय