उर्लाबारी । चर्चित गायिका मेलिना राईले एरेन्जर सन्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेको सामाजिक सञ्जाल फेशबुकमार्फत जानकारी गराएकी छिन् ।
मेलिनाले इन्गेज्मेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको आफ्नो फेशबुकमा पोष्ट गरेकी हुन् ।
यस्तो छ पोष्ट

बिषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!