पथरी । मोरङको पथरी इलाकाका डिएसपी दिलिप कुमार गिरी नेतृत्व टोलीको सक्रियता सुरुवाती दिन भन्दा झनै सशक्त वन्दै गएको छ ।
पछिल्लो समय गिरी नेतृत्वको प्रहरी टोलीले अपराधिक क्रियाकलामा संलग्न भई फरार रहेका हरुलाई धमाधम नियन्त्रणमा लिन थालेको छ ।
गिरी नेतृत्वको टोलीले साढे पाँच वर्षपछि वनको भवनमा आगजनी गरि फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ ।
कानेपोखरी गाउँपालिका-६ (साविकको वयरवन गाविस -८) स्थित सामुदायिक वन उपभोक्ता समूहको भवनमा आगजनी गरेर क्षति पुर्‍याई फरार बनेका २ युवा लाई घटना गराएको साढे पाँच वर्षपछि पक्राउ गर्न सफल वनेको छ ।
ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत क्षेत्र नम्बर ३ को भवनमा आगजनी गरेर फरार बनेका कानेपोखरी- ६ का २४ वर्षीय सविरल राई र वर्ष २३ को अमरहाङ लिम्ब लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । पक्राउ परेका सविरल र अमर सहित अनिष राईले २०७१ साल फागुन १९ गते दिउँसो वन समूहको भवनमा आगजनी गरेको गिरीको भनाइ छ ।
आगजनीबाट कर्कटपाताको छानो भएको एक तले भवन पूणर् रुपमा क्षति हुनुका साथै त्यहाँ रहेका फर्निचरका सामान र ४७ क्यूफिट सिसौको चिरान काठ जलेर ध्वस्त भएको थियो । घटनामा दुुई लाख २३ हजार पाँच सय रुपैयाँ बढीको क्षति भएको थियो ।
घटनामा संलग्न तीनै जनालाई जिल्ला अदालत मोरङले २०७२ साल असार २३ गते जनही तीन वर्ष छ महिना कैद सजायको फैसला गरेको थियो । अदालतले दोषी ठहर गरे पनि आगजनीपछि फरार बनेकामध्ये सविरललाई गाउँबाटै र लिम्वुलाई कानेपाखरी-६ बाट पक्राउ गरेर प्रहरीले बुधवार जिल्ला अदालतमा पेस गरेको छ ।
अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न मध्ये अनिस राई अझैसम्म फरार रहेका कारण खोजी भइरहेको जानकारी डीएसपी गिरीले वताए ।
यस अघि पनि गिरी नेतृत्वको प्रहरी टोलीले अदालतले कैद सजाए फैसला गरि भुक्तान गर्न वाकीरहेका हरुलाई नियन्त्रणमा लिई कठघरामा उभ्याई सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय