तेजन खड्का
मोरङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाको तर्फबाट मोरङ ३ का लागि उम्मेद्वार सिफारिस भएपछि नायिका रेखा थापाले मतदाता भेटघाटलाई तिव्र पारेकी छन् ।

चुनावी अभियान अन्तरगत सोमबार मोरङ कानेपोखरी गाउँपालिकामा मतदातासँग भेटघाट गरिन । उनले सबै उमेर समूहका मतदाताहरुको अपार माया पाइरहेको बताइन । तपाईहरुको समस्यासँग जुध्न उम्मेदवार बनेर आउने बताएपछि स्थानीयहरुले रेखाको पक्षमा नारा लगाएका थिए । उनले नेता भनेको शासक होइन सेबक हुनुपर्ने बताईन । रेखालाई अग्रज मतदाताहरुले आशिर्वाद दिएका थिए भने महिलाहरुले अंकमाल गरेर उम्मेदवारीप्रती खुशी साटासाट गरेका थिए ।

उम्मेदवार सिफारिस भएपछि उनी क्षेत्र नं ३ का मतदाता भेटन व्यस्त छिन् । रातो कुर्तामा सजिएर उनी जनताको घरदैलोमा पुगिरहेकी छिन् । ‘जहाँ पुग्छु मलाई युवाले माया र ज्येष्ठ नागरिकले आशिर्वाद दिने गर्नुभएको छ,’ थापाले भनिन् ।

 

भेटघाटका क्रममा धेरै मतदाताले पहिलेका उमेदवारले चुनाव जितेर जाने त्यसपछि फर्किएर नआउने गरेको गुनासो गर्ने गरेका छन् । रेखाको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले यो समस्याबारेसमेत निकै गम्भीरतापूवर्क बताउने गरेको उनले बताइन् ।

कानेपोखरी गाउँपालिकाको वडा नम्बर ४,५,६,७ मा सोमबार रेखाको व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको राप्रपा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले बताए । उनका अनुसार पुराना उम्मेदवारले आश्वासनको खेती गरेकाले रेखासँग मतदाताहरु आसाबादी रहेको न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय