उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा हालसम्म कसैलाई पनि समुदाय स्तरमा कोरोना नदेखिएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभएको छ ।


सामाजिक सञ्जाल तथा विभिन्न ठाउँहरुमा उर्लाबारीमा समुदायमा कोरोना फैलिएको भन्ने विषय आएपछि मेयर फागोले उर्लाबारीमा हालसम्म गरिएको पिसिआर परिक्षणमा कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको बताउनुभएको हो । सुनबर्षी नगरपालिकास्थित सिभिल बैंकमा कार्यरत उर्लाबारी–७ का पराजुली थरका युवामा कोरोना पोजेटिभ देखिएको र उनको परिवार तथा सम्पर्कमा रहेकाहरुको पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, उर्लाबारीमा कार्यरत नगरप्रहरीका बुवालाई कानेपाखेरीमा कोरोना पोभेटिभ देखिएको थियो । नगरप्रहरीको परिवार कै पिसिआर गरिएको थियो । तर, सबैको नेगेटिभ आएको छ । त्यस्तै, फ्रन्टलाइनमा खटिएका नगरप्रहरी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसमेतको रिर्पोट नेगेटिभ आएको छ । हालसम्म बैदेशिक रोजगारबाट फर्किएका १० जनामा कोरोना पोजेटिभ देखिएको छ भने उनीहरु निको भई घर गइसकेका छन् । मेयर फागोले पूर्वी कमाण्ड अनलाइनसँग कुराकानी गर्दै आजसम्म समुदाय स्तरमा कोरोना संक्रमण नदेखिएको र अनाधिकृत हल्लाको पछि नलाग्न अपिल गर्नुभएको छ । छिमेकी पालिकाहरुमा समुदाय स्तरमा कोरोना फैलिएकाले सचेत रहन भने मेयर फागोले आग्रह गरेका छन् । लकडाउनको पूर्ण रुपमा पालना गर्दै अनावश्यक घर बाहिर ननिस्किन, निस्कनै परे भौतिक दुरी कायम गरी मास्कको प्रयोग गर्न समेत उहाँले अपिल गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय